आज:  | Mon, 13, Jan, 2025

नक्कली नागरिकता लिएका अग्रवाललाई तीन दिन हिरासतमा राख्न अनुमती

Avatar photo दिशा निर्देश १७ श्रावण २०८१, बिहीबार २०:३९ मा प्रकाशित (५ महिना अघि)
Share

अब्दुल कलाम हुसेन / वीरगञ्ज : वीरगञ्जका व्यवसायी निरञ्जन कुमार अग्रवाललाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमती दिएको छ । जिल्ला अदालत पर्साले अग्रवाललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

झुटो विवरण पेश गरी नागरिकता लिएको तथा सवारी चालक अनुमति पत्र किर्ते गरेको आरोपमा पर्सा प्रहरीले अग्रवाललाई पक्राउ गरेको हो ।

प्रहरी चौकी आदर्शनगरले अदालतको पक्राउ पुर्जीको आधारमा पक्राउ गरेर अग्रवाललाई जिल्लाको जिम्मा लगाएको हो ।

अग्रवालमाथि अब प्रहरीले तीन दिनसम्म हिरासतमै राखेर अनुसन्धान गर्ने पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले बताए ।


सम्बन्धित खबरहरु