आज:  | Mon, 13, Jan, 2025

नेकपा एमाले मधेशको इन्चार्जमा लीलानाथ श्रेष्ठ

Avatar photo दिशा निर्देश १७ श्रावण २०८१, बिहीबार २०:०८ मा प्रकाशित (५ महिना अघि)
Share

वीरगञ्ज । नेकपा एमालेमा प्रदेश इन्चार्जहरु फेरिएका छन् । बिहीबार बसेको सचिवालय बैठकले सचिवद्‍वय पद्‍मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरेको हो ।

पार्टी सचिव अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका छन् । बाँकी प्रदेशमा नयाँ इन्चार्ज आएका छन् ।

कोशीको इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज बनेका छन् ।

यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए । बराल बढुवा भएर उपाध्यक्ष मनोनित भएकाले इन्चार्जको जिम्मेवारीबाट हटे ।

सचिवहरु गोकर्ण, योगेश, रघुबीर र छबिलाल विश्वकर्माले भने चुनाव जितकाले दोहोरो जिम्मेवारी नदिने नीति अन्तर्गत इन्चार्जबाट हटेका एक नेताले बताए ।

मधेश प्रदेशको इन्चार्जको जिम्मेवारी पाएका श्रेष्ठ सिरहा क्षेत्र नम्बर ३ बाट लगातार दोस्रो पटक प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएका छन् ।


सम्बन्धित खबरहरु