आज:  | Tue, 17, Jun, 2025

स्व. तिलक बहादुर श्रेष्ठ स्मृतिमा (पुर्व डि.एस.पि.नेपाल प्रहरी) सितोरियो कराते पर्सा का मेन डाेजोले उचाल्यो उपाधी

Avatar photo दिशा निर्देश २७ असार २०८१, बुधबार ०८:३५ मा प्रकाशित (११ महिना अघि)
Share

वीरगन्ज
प्रथम आमन्त्रित पर्सा जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता -२०८१ मा पर्सा जिल्ला को मेन डाेजो ले टिम प्रथम को उपाधी हात पारेको छन्।तीन वटा जिल्लाका ६ वटा महिला पुरुष टिम सहभागी विभिन्न तौल समूहको प्रतिष्पर्धामा पर्सा जिल्ला को मेन डाेजो उत्कृष्ट प्रदर्शन देखाउँदै उपाधी हात पारेको हो ।

प्रतियोगिता मा पर्सा को मेन डाेजो ले ४ वटा गोल्ड, ५ सिल्भर र ४ कास्य पदक हात पार्यो भने उत्कृष्ट पुरुष खेलाडी पनि पर्सा को मेन डाेजो ले हात पारेका छन् यस्तै बाराले गोल्ड मेडल ५ वटा हात पारे पनि २ सिल्भर र २ कास्यमै रोकिएपछि उपाधी पर्सा जिल्लाको मेन डाेजो ले टिम प्रथम उपाधी हात पारेको हुन।रौतहट भने २ गोल्ड,१ सिल्भर र २ कास्यमै रोकियो भने महिला उत्कृष्ट खेलाडी भने रौतहट ले नै हात पारेको छन् त्यस्तै माेठिया डाेजो रानीघाट – ११ ले १ गोल्ड,२ सिल्भर र ३ कास्य हात पार्न सफल भए।

प्रतियोगिता मा पर्सा मेन डाेजो बाट तीन टिम र माेठिया डाेजो रानीघाट-११ बाट १ टिम, बारा बाट १ वटा टिम र रौतहट बाट एक टिमको सहभागिता रहेको थियो ।
नेपाल सितोरियो कराते संघ,पर्सा जिल्ला को”उपाध्यक्ष” श्री सुभाष श्रेष्ठ ज्यूले आफ्नो बुवा स्व.तिलक बहादुर श्रेष्ठ ज्यूको स्मृति मा मोठिया सितोरियो कराते डोजो रानिघाटमा-११ मा सितोरियो कराते प्रतियोगिता “आयोजना” उहाँ ले गर्नु भएको थियौ।

वरिष्ठ कराते प्रशिक्षक तथा A.K.F.निर्णायक श्री राम लामा ज्यू जुरि को भुमिका मा हुनुहुन्थ्यो भने मधेस प्रदेश कै निर्णायक संयोजक श्री चित्र बहादुर पुलामीले ज्यू कराते प्रतियोगिता को निर्णायक संयोजक को भुमिका मा हुनुहुन्थ्यो असार २२ गते शनिबार भएको एक दिवसीय सितोरियो कराते प्रतियोगिता सफलता पुर्वक सम्पन्न भएको थियौ।

कार्यक्रमको उद्घाटन वीरगंज महानगरपालिकाका प्रमुख श्री राजेशमान सिंह ज्यूले गर्नुहुँदै खेल क्षेत्रको विकासका लागि महानगर सहयोग गर्न सँधै तत्पर रहेको कुरा को खुशी व्यक्त गर्नु हुँदै यस कराते प्रतियोगिता को प्रमुख आयोजक श्री सुवास श्रेष्ठले बताए । त्यस्तै नेपाल कराते महासंघ परिवार पर्सा जिल्ला र नेपाल सितोरियो कराते संघ परिवार पर्सा जिल्ला बाट पनि यो कराते प्रतियोगिता मा हातमा हात मिलाई साथ रहेको उहाँले बताए ।


सम्बन्धित खबरहरु