आज:  | Tue, 08, Oct, 2024

टी -२० विश्वकपमा आसिफले ५० र १०० बनाए , समाजसेवी चाैगाईले नगद पुरस्कार दिने

Avatar photo दिशा निर्देश २२ जेष्ठ २०८१, मंगलवार २१:०४ मा प्रकाशित (४ महिना अघि)
Share

वीरगञ्ज । अमेरिकामा जारी आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा वीरगन्ज निवासी नेपाली टोलिका खेलाडी आसिफ शेखले प्रतियोगिताको प्रत्येक खेलमा ब्यक्तिगत ५० रन बनाए ११”हजार एकसय बनाएको खण्डमा २१”हजार पुरस्कार पाउने भएका छन ।

 

चैत २०७९ मा काठमाडौंमा भएको आइसिसि विश्वकप लिग २ को निर्णायक खेलमा शेख दाजुभाईले उत्कृष्ट प्रदर्शन गरेकै कारण नेपाल आइसीसी विश्वकप क्वालिफायरमा छनौट हुन सफल भएको थियो ।

 

जारी टि–२० विश्पकपमा नेपाल समूह डी मा रहेको छ । उक्त समुहमा नेपालसंगै नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।विश्वकपमा नेपालले आफनो पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध आज खेल हुदैछ ।

 

नेपाली खेलाडीको मनोबल बढाउनलाई वीरगन्जबासी तर्फबाट सहयोग स्वरुप रकम प्रदान गर्न थालिएको

वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चाैगाईले जानकारी दिए ।


सम्बन्धित खबरहरु