अमेरिकामा जारी आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा वीरगन्ज निवासी नेपाली टोलिका खेलाडी आसिफ शेखले प्रतियोगिताको प्रत्येक खेलमा ब्यक्तिगत ५० रन र एकसय बनाएको खण्डमा पुरस्कार पाउने भएका छन ।
भेट्रान सिटि क्लब वीरगन्जले नेपाली टोलीको विकेट किपर समेत रहेका उनलाई ५० रन बनाएको खण्ड ११ हजार नगद र एक सय रन बनाएमा २१ हजार नगद दिने जनाएको छ ।
चैत २०७९ मा काठमाडौंमा भएको आइसिसि विश्वकप लिग २ को निर्णायक खेलमा शेख दाजुभाईले उत्कृष्ट प्रदर्शन गरेकै कारण नेपाल आइसीसी विश्वकप क्वालिफायरमा छनौट हुन सफल भएको थियो ।
जारी टि–२० विश्पकपमा नेपाल समूह डी मा रहेको छ । उक्त समुहमा नेपालसंगै नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।विश्वकपमा नेपालले आफनो पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध ४ जुन अर्थात जेठ २२ गते खेल्दैछ ।
नेपाली खेलाडीको मनोबल बढाउनलाई वीरगन्जबासी तर्फबाट सहयोग स्वरुप रकम प्रदान गर्न थालिएको
भेट्रान सिटि क्लब वीरगन्जका उपाध्यक्ष सागर समसेर राणाले जानकारी दिए ।