आज:  | Mon, 20, May, 2024

वडा प्रहरी कार्यालय विर्ताद्वारा चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

Avatar photo दिशा निर्देश २९ बैशाख २०८१, शनिबार १९:३२ मा प्रकाशित (१ हफ्ता अघि)

वीरगञ्ज ।  पर्सा प्रहरीले चोरीको मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज – २ छपकैयास्थित आफ्नै घर अगाडी अब्दुल कौशर आलमले पार्कीङ् गरी राखेको ना.६ प ५४७५ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल वडा प्रहरी कार्यालय विर्ताले फेला पारेको हो ।

 

बैशाख २५ गते चोरी भएको मोटरसाइकल खोज्ने क्रममा २८ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मितेरी पुल सडकखण्डबाट फेला पारेको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुस्कर बोगटीले बताए ।

 

चोरीको मोटरसाइकल चलाउँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया बस्ने २०वर्षीय शेख गुफरान र पछाडी सवार २३ वर्षीय शेख असरफलाई पक्राउ गरिएको बोगटीले बताए ।

 

मोटरसाइकलसँगै ई रिक्साको चार्जर १ थान, ईरिक्साको चार्जरमा लाग्ने क्वायलको रोल २ थान, टावर लाईटको ब्याट्री राख्ने फलाम बक्स १ थान र ई रिक्साको चार्जरको ब्याट्रीको खोल १० थान बरामद गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको उनले जानकारी दिए ।


सम्बन्धित खबरहरु