आज:  | Sat, 20, Apr, 2024

मन्दिर तोडफोड आरोपमा मलंगवाका राकेश बैठा पक्राउ

Avatar photo दिशा निर्देश १ चैत्र २०८०, बिहीबार १०:३५ मा प्रकाशित (१ महिना अघि)

वीरगञ्ज । सर्लाहीको मलंगवामा मन्दिरभित्र पसेर मूर्ति तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मलंगवा नगरपालिका – ८ बस्ने ३३ वर्षीय राकेश बैठा रहेको प्रहरीले जनाएको छ ।
मङ्गलवार साँझ मलंगवा – ८ स्थित रहेको राजदेवी मन्दिर र वडा नम्बर ९ स्थित रहेको झिलमिलियामाइ मन्दिरमा तोडफोड भएको थियो ।
घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा भेट्टाएको प्रमाणका आधारमा बैठालाई पक्राउ गरेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता तथा सूचना अधिकारी एसपी श्याम कुमार महतोले बताए ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ९ को धर्म सम्बन्धी कसुरमा धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्‍याए धर्म सम्बन्धी कसुरमा अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

 


सम्बन्धित खबरहरु