आज:  | Sat, 20, Apr, 2024

अलपाईन ईन्टर कलेज टी २० क्रिकेट प्रतियोगिता शुरु, मिनीलेन्डको विजयी सुरुवात

Avatar photo दिशा निर्देश २७ माघ २०८०, शनिबार २२:२० मा प्रकाशित (२ महिना अघि)

वीरगञ्ज, माघ २७। अलपाईन ईन्टर कलेज टी २० क्रिकेट प्रतियोगिता शनिबार देखी नारायणी क्रिकेट रंगशालामा सुरु भएको छ । आज भएको उद्धाटन खेलमा मिनीलेन्ड +२ कलेजले विजयी सुरुवात गरेको छ । टस जीतेर अल्पाईन सेकेन्डरी स्कुलले पहिलो ब्याटीङ्ग गर्ने र्निणय गरेको थियो ।

 

पहिलो ब्याटीङ्ग गर्दै अल्पाईन सेकेन्डरी स्कुलले पुरा २० ओभर खेल्दै ९ विकेटको छतिमा १०७ रनको योगफल तयार पारेको थियो । उसका लागि रन्जीत चौहनले ३०, मनिस पटेलले २० र ईसरार अहमदले १५ रन बनाएका थिए । बाकी ब्याटसमेनलले बढी रन बनाउन सकेनन । अल्पाईन सेकेन्डरी स्कुलको सुरुवात चाही राम्रो हुन सकेको थिएन । उसले सुरुवात मै विकेट गुमाएको थियो । सरुवात मै मिनीलेन्ड +२ कलेजका खेलाडीहरु अल्पाईन स्कुलका खेलाडीहरुलाई दबाबमा राखेको थिए । अल्पाईन स्कुललाई कम स्कोरमा रोक्नका लागि मिनीलेन्डका विशाल गुप्ताले ४ ओभरमा १९ रन दिएर ३ विकेट हात पारेका थिए । यसैगरी रोहित साह र रवी पटेलले समान २–२ विकेट हात पारेका थिए । अल्पाईन स्कुलका बाकी खेलाडीहरु रन आउट भएका थिए ।

 

जीतका लागि मैदानमा उत्रेको मिनीलेन्ड +२ कलेजले १७.४ ओभर खेल्दै ५ विकेटको छतिमा लक्ष्य पुरा गरेको थियो । मिनीलेन्डको जीतमा अखिल खानले सार्वाधिक ३३ रन बनाएका थिए । यसैगरी विकास पटेलले ३१ र सुदिप यादवले ११ रन बनाएका थिए । अल्पाईन स्कुलका रञ्जित चौहानले २ र रामप्रीत चौधरीले १ विकेट हात पारेको थिए । बाकी २ जना खेलाडीहरु रन आउट भएका थिए । खेलको म्यान अफ दी मैच मिनीलेन्ड कलेजका विशाल गुप्ता घोसित भएका थिए । पहिलो खेलमा अन्तर्राष्ट्रिय अम्पायर हिरालाल यादव र बासुलाल कर्णले अम्पायरको भुमिका निभाएका थिए भने मैच रेफ्रीको भुमिकामा कृष्णा झा रहेका थिए । यस प्रतियोगितामा १६ वटा स्थानिय कलेजहरुको सहभागिता रहेको प्रतियोगिताका संयोजक तथा अल्पाईन मावीका सञ्चालक बिनोद कुमार उपाध्याले जानकारी दिए । सो प्रतियोगिता फाल्गुन १९ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

 

यस अघि प्रतियोगिताको भब्य उद्धाघटन गरिएको थियो । प्रतियोगिताका संयोजक तथा अल्पाईन मावीका सञ्चालक बिनोद कुमार उपाध्याको अध्यक्षतामा भएको उद्धाघटनमा कार्यक्रमका प्रमुख अतिथी अन्तर्राष्ट्रिय खेलाडी मुसरफ ईजहरले बैटीङ्ग गरेर खेलको समुदघाटन गरेका थिए । साथै उनले प्रतियोगिताको सफलताको कामना गरेका थिए । प्रमुख अतिथी ईजहरले पछिल्लो समयमा पर्सा जील्लामा क्रिकेटका स्थानिय प्रतियोगिताहरु धेरै भईरहेकोले यसबाट खेलाडीहरुको भविष्य उदय हुने आफुले महसुुस गरेको बताए । साथै केही दिन अगाडी एनआई क्रिकेट कप र यो अल्पाईन क्रिकेट कप प्रतियोगिताबाट नयाँ खेलाडीहरु देशको लागि छनोट हुनेमा आफु विश्वस्त रहेको बताए ।

 

यसैगरी कार्यक्रमका विशिष्ट अतिथी पर्सा क्रिकेट संघका अध्यक्ष तथा एनआई क्याम्पसका संचालक मनिस सिंहले यस्ता प्रतियोतिाबाट १९ वर्ष मुनिका खेलाडीहरु देशका लागि बढी छनोट हुने गरेको बताए । उनले पर्सा जील्लामा खेलाडीहरुको विकासका साथै उनिहरुको भविष्यका लागि पर्सा क्रिकेट संघ काम गरिरहेको बताए । कार्यक्रममा पर्सा क्रिकेट संघका उपाध्यक्ष मुर्तुजा हवारी, सचिव घनश्याम गुप्ता, जलालुदिन अंसारी, सदस्य मंजुर अन्सारी, मिनीलेन्ड +२ कलेजका प्रिन्सिपल जीतेन्द्र पटेल, कोर्डिनेटर दिपक पटेल, अल्पाईन स्कुलका क्रिकेट खेलका प्रशिक्षक कलामुदिन अंसारी, ग्लोबल बिजनेस कलेजका डाईरेक्टर राम चौधरी, मेरीगोल्ड मावीका प्रिन्सिपल अनमोल कोईराला, संचारकर्मीहरु अजीत भुजेल, शिवशंकर मिश्रा, आसमहमद अंसारी लगायत खेलाडीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन अल्पाईन स्कुलका प्रध्यापक विनोद श्रीवास्तवले गरेको थिए ।


सम्बन्धित खबरहरु