आज:  | Wed, 21, May, 2025

बारा प्रहरीद्वारा ५३ तोला चाँदीका गरगहनासहित दुई जना पक्राउ

Avatar photo दिशा निर्देश ९ माघ २०८०, मंगलवार २१:२५ मा प्रकाशित (१ साल अघि)
Share

बारा,९माघ । बारामा प्रहरीले ५३ तोला चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा सुनसरीकाे धरान उपमहानगरपालिका वडा नम्बर ५ का गुजराज विश्वकर्मा र सुनसरीकै इटहरीका बद्री विश्वकर्मा रहेका छन् ।

 

बाराबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेशको ०२–०२७ प १८५१ नम्बरको स्कुटरलाई पथलैयामा राेकेर प्रहरीले चेकजाँच गर्ने क्रममा स्कुटरमा सवार विश्वकर्माद्वयकाे साथबाट ती गरगहना बरामद भएकाे प्रहरीले जनाएको छ ।

 

उनिहरुकाे साथबाट चाँदीका लकेट २२ थान, औँठी ३३ थान, मंगलसुत्र १८ थान, कानको टप २६ थान र गणेश लकेट ७० थान गरी ५३ तोला चाँदीका गहना बरामद गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

 

चाँदीका गहनासहित पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले जानकारी दिए।


सम्बन्धित खबरहरु