आज:  | Sun, 20, Apr, 2025

एनआई कप : अल्पाइन स्कुललाई १० रनले पराजित गर्दै नेशनल एकेडेमी विजयी

Avatar photo दिशा निर्देश ७ माघ २०८०, आईतवार २१:२८ मा प्रकाशित (१ साल अघि)
Share

वीरगञ्ज । नेशनल ईन्फोटेक (एनआई) क्रिकेट कपमा नेशनल एकेडेमी विजयी भएको छ । वीरगञ्जको नारायणी क्रिकेट रंगशालामा आइतवार सम्पन्न खेलमा अल्पाइन स्कुललाई १० रनले पराजित गर्दै नेशनल एकेडेमी विजयी भएको हो ।

 

टस जितेर ब्याटिङ् गरेको नेशनल एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११६ रनको योगफल तयार पारेको थियो । नेशनल एकेडेमीका अर्जुन यादव २८ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४४ रन बनाउँदै ६ रनले अर्धशतक बनाउनबाट चुके । रोहित श्रीवास्तवले ४३ बलमा ३५ रन जोडे ।

 

अल्पाइन स्कुलका नवराज अधिकारीले ४ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिए । रन्जित चौहानले ४ ओभरमा ११ रन खर्चिदैँ १ विकेट लिए भने रामप्रित चौधरीले ४ ओभरमा १४ रन दिएर १ विकेट लिए ।

 

११७ रनको जवाफी लक्ष्य पछ्याएको अल्पाईन स्कुल १०६ रनमै समेटियो । अल्पाईनका मनिष पटेलले ४९ बलमा ४३ रन जोडे । अफ्रोज अन्सारीले २० रन जोड्दा इस्रार अहमदले १६ रन बनाए ।

 

अल्पाइनलाई लक्ष्य भेटाउनबाट रोक्नका लागि नेशनल एकेडेमीका बिरेन्द्र साह कानुले ३ विकेट लिए भने शनी कुमार कलवारले २ विकेट लिए ।

 

यस खेलमा नेशनल एकेडेमीका अर्जनु यादव प्लेयर अफ दी म्याच घोषित भएको एनआई कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले जानकारी दिए ।

 

अर्जनुलाई नेपाल विद्यार्थी संघ बाराका अध्यक्ष प्रबिन पटेल सिंहले पुरस्कार प्रदान गरेका थिए ।

 

यसअघि आजै भएको पहिलो खेलमा सेन्जेभियर्स स्कुललाई पराजित गर्दै ज्ञानदा एकेडेमी विजयी भएको थियो ।


सम्बन्धित खबरहरु