आज:  | Sat, 20, Apr, 2024

एनआई कप : वीरगञ्ज कलेजलाई ४ विकेटले पराजित गर्दै नेशनल एकेडेमी विजयी

Avatar photo दिशा निर्देश २९ पुष २०८०, आईतवार २०:१३ मा प्रकाशित (३ महिना अघि)

वीरगञ्ज । नेशनल ईन्फोटेक (एनआई) कप अन्र्तगत आजको खेलमा नेशनल एकेडेमी विजयी भएको छ । वीरगञ्ज कलेजलाई ४ विकेटले पराजित गर्दै नेशनल एकेडेमी विजयी भएको हो ।

नारायणी क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिंग गरेको वीरगञ्ज कलेजले १९.३ ओभरमा सबै बिकेट गुमाएर ९६ रन जोड्यो । जसका लागि आदित्य पासवानले २४ बल खेल्दै २ चौकाको मद्धतमा २० रन बनाए । आकाश यादवले ३ चौका प्रहार गर्दै २३ बलमा १९ रन जोडे भने सन्देश बैठाले २ चौकाको मद्धतमा ११ रन बनाए ।

नेशनल एकेडेमीका रोशन कुमार पटेलले ३ विकेट लिए । उनले ४ ओभरमा १ मेडअन ओभर बनाउँदै १४ रन खर्चिएर ३ विकेट लिए । बिशाल कुमार गुप्ताले पनि १ मेडअन ओभर बनाउँदै २० रन दिएर ३ विकेट लिए । शनि कुमार कलवारले ३ ओभर बलींग गर्दै ११ रन खर्चिएर २ विकेट लिए ।

९७ रनको लक्ष्य पछ्याएको नेशनल एकेडेमीले ४ विकेट बाँकी छँदै १३ ओभरमै १ सय रन बनायो । जसका लागि आविद बाबु ठकुरीले ३४ बलमा ८ चौका प्रहार गर्दै ४७ रन बनाए । उनी ३ रनले अर्धशतक बनाउनबाट चुके । शिवचन्द्र प्रसादले १० रन जोडे । अरुले दोहोरो अंक बनाउन सकेनन् ।

 

वीरगञ्ज कलेजका रामप्रवेश पण्डितले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिए । मुकेश कुमार साहले ४ ओभर बलींग गरेर १ मेडअन ओभर बनाउँदै १८ रन दिएर १ विकेट लिए ।

प्रतियोगीतामा नेशनल एकेडेमीका आबिद बाबु ठकुरी प्लेयर अफ दी म्याच घोषित भएको नेशनल ईन्फोटेक कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले जानकारी दिए ।

 

यसअघि आजै भएको पहिलो खेलमा ग्लोबल बिजनेस कलेजलाई हराउँदै वीरगञ्ज सेन्ट्रल विजयी भएको थियो ।


सम्बन्धित खबरहरु