आज:  | Sat, 20, Apr, 2024

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साद्वारा सरकारकाे विराेधमा प्रदर्शन

Avatar photo दिशा निर्देश १५ पुष २०८०, आईतवार २०:१६ मा प्रकाशित (३ महिना अघि)

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) पर्साले सरकारकाे विराेधमा आइतबार वीरगंजमा प्रदर्शन गरेकाे छ ।

 

केन्द्रिय निर्देशन अनुसार अहिलेको सरकारको रवैयको बिरोधमा वीरगंजकाे घणटघरमा प्रधानमन्त्री पुष्प कमल दहाल (प्रचण्ड) र गृह मन्त्री नारायणकाजी श्रेष्ठकाे पुत्ला राखेर प्रदर्शन गरिएकाे रास्वपा पर्साका नेता महादेव कुर्मीले वताए ।

 

गरिब श्रमिकलाई बिच सडकमा गोली हान्ने लगायतका सरकारकाे गलत रवैयाकाे विराेध गरिएकाे उनले वताए । विराेध कार्यक्रम मार्फत सरकारसंगग नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास काण्ड, सुन काण्ड, एनसेल प्रकरण, टेराम्याक्स घोटाला लगायतका काण्डमा दाेषीलाई कारवाही खाेई ? प्रश्न गर्दै जवाफ समेत माग गरिएकाे कुर्मीले वताए ।

 

विराेध कार्यक्रममा रास्वपाका केन्द्रिय सदस्य डा. नन्दन यादव, पर्सा जिल्ला संयोजक दिलिप कुर्मी, जितेन्द्र मिश्रा लगायतको सहभागिता रहेकाे थियाे ।


सम्बन्धित खबरहरु