आज:  | Wed, 21, May, 2025

पाकिस्तानको बाढीमा ११ सयले ज्यान गुमाए

Avatar photo दिशा निर्देश १५ भाद्र २०७९, बुधबार १२:२९ मा प्रकाशित (२ साल अघि)
Share

काठमाण्डाै – मुसलधारे वर्षापछिको बाढीले पाकिस्तानको एक तिहाइ भाग डुबानमा परेको छ । बाढीमा अहिलेसम्म १ हजार एक सय जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३८० बालबालिका छन् । पाकिस्तानको बाढीलाई ‘अप्रत्यासित जलवायु विपत्ति’ भन्दै राष्ट्रसंघले सहयोगका लागि आह्वान गरेको छ ।

भारी मनसुनपछिको विनाशकारी बाढीले घर, व्यवसाय, पूर्वाधार र बालीहरू ध्वस्त पार्नुका साथै देशका ३ करोड ३० लाख मानिसहरुलाई असर गरेको छ ।

वर्षाले देशको एकतिहाई भूभाग जलमग्न भएको पाकिस्तानकी जलवायुमन्त्रीले बताएकी छिन् । ‘देशको एक तिहाई भाग पानीमुनि छ’ जलवायु परिवर्तनमन्त्री सेरी रिहमानले भनिन् । पानी छिट्टै कम नहुने उनले बताइन् ।

एक दशकयताको बाढीले १० अर्ब डलरभन्दा बढी क्षति पुर्याएको सरकारले प्रारम्भिक अनुमान गरेको छ । तर, यो क्षति सरकारले अनुमान गरेभन्दा बढी हुन सक्ने प्रधानमन्त्री सहबाज सरिफले बताएका छन् ।

मानव निर्मित जलवायु परिवर्तनको असरसँग जुध्न पाकिस्तानलाई सहयोग गर्ने विश्वको दायित्व भएको सरकारको भनाइ छ । बाढीले बिचल्लीमा परेका पर्यटकसहित ३०० जनालाई हेलिकोप्टबार उद्धार गरिएको छ ।

सेनाको हेलिकप्टरले अलपत्र परेका परिवारहरूलाई निकालने र खाद्यान्न प्याकेजहरू दुर्गम क्षेत्रमा खसाल्ने काम गरेको छ ।


सम्बन्धित खबरहरु