आज:  | Thu, 11, Aug, 2022

जसपाको केन्द्रीय समितिमा पर्साबाट प्रदीप यादव, राजेशमान सिंह सहित ११ जनाको सहभागिता

दिशा निर्देश २० श्रावण २०७९, शुक्रबार १५:५४ मा प्रकाशित (५ दिन अघि)

वीरगञ्ज – जनता समाजवादी पार्टीको केन्द्रीय समितिमा पर्साका ११ जनाको सहभागिता भएको छ ।

नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रदीप यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायत ११ जना पार्टीको केन्द्रीय समितिमा पुगेका हुन् ।

मुख्यन्त्री राउत पार्टीको केन्द्रीय कार्यकारिणी सदस्यमा मनोनित भएका छन् । पर्साबाट राउतलाई मात्रै कार्यकारिणी सदस्यमा पार्टीले मनोनित गरेको हो ।

यस्तै वनमन्त्री यादवसहित मोहनलाल चौधरी, बालकिशोर यादव र  हरिनारायण रौनियार पार्टीको केन्द्रीय राजनीतिक समिति सदस्यमा चयन भएका छन् ।
केन्द्रीय सदस्यमा वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह, प्रदेस सभा सदस्य करिमा बेगम, नेता जनार्दन यादव, फिरोज मन्सुर, सलमा खातुन र सिपु तिवारी मनोनित भएका हुन् ।

गएको असार २८(२९ गते वीरगञ्जमा चलेको पार्टीको केन्द्रीय कमिटी बैठकले डा।बाबुराम भट्टराईसहितका पदाधिकारी सदस्यलाई निष्कासन गर्दै पदाधिकारी सदस्य विस्तारगर्ने निर्णय गरेको थियो ।


सम्बन्धित खबरहरु