आज:  | Thu, 11, Aug, 2022

ब्रिट्नीलाई ९ वर्षको जेल सजाय

दिशा निर्देश २० श्रावण २०७९, शुक्रबार ११:२८ मा प्रकाशित (६ दिन अघि)

काठमाण्डाै – अमेरिकी बास्केटबल स्टार ब्रिट्नी ग्रिनरलाई रुसको अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ । लागुऔषध ओसारपसारमा दोषी देखिएपछि रुसी अदालतले ग्रिनरलाई जेल सजाय तोकेको हो ।

गत फेब्रुअरीमा ३१ वर्षिया ग्रिनर मस्को एयरपोर्टमा पक्राउ परेकी थिइन् । उनको सामानमा भांगको तेलसहित भ्याप क्यानिस्टरहरू फेला पारेपछि उनलाई पक्राउ गरिएको थियो ।

ग्रिनरले उक्त तेल चोटपटकको लागि प्रयोग गर्न डाक्टरबाट स्वीकृति पाएको र अनायासै आफूले सुटकेसमा प्याक गरेको बताएकी थिइन् ।

ओलम्पिकमा दुईपटक स्वर्ण विजेता ग्रिनर क्लब बास्केटबल खेल्न रुस आएकी थिइन् । अदालतको फैसलाविरुद्ध उनले पुनरावेदनका लागि अपील गर्नेछिन् ।


सम्बन्धित खबरहरु