वीरगञ्ज – वीरगञ्ज महानगरपालिका कार्यालयको कामकाज आज बन्द रहेको छ ।
महानगरपालिकाको विधुत शाखामा कुल्ली पदमा कार्यरत कर्मचारी सुशील कुमार राउतको निधनको शोकमा कार्यालयको कामकाज बन्द रहेको हो ।
राउतको शोकमा महानगरपालिकाको कार्यालयमा शुक्रबार बिहान शोक सभा गरिएको छ ।
शोकसभामा कार्यालयमा कार्यरत कर्मचारी उपस्थित भएर निधन भएका राउतप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।