आज:  | Thu, 11, Aug, 2022

राताम्मे नेप्से, ३८.६१ अंकले घट्यो सेयर बजार

दिशा निर्देश १९ श्रावण २०७९, बिहीबार १६:४२ मा प्रकाशित (६ दिन अघि)

काठमाण्डौ – सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ । ३८.६१ अंकले घटेको बजार २१४८.१६ बिन्दुमा झरेर रोकिएको हो ।

बिहीबार कुल २१५ कम्पनीको ५६ हजार ८१९ वटा कारोबारबाट ८५ लाख ६९ हजार ५ कित्ता बराबरको कारोबार भएको छ ।

यस दिन ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सबै उपसमूह राताम्य रह्यो । सबैभन्दा धेरै व्यापार, होटल तथा पर्यटन र वित्त उपसमूहका लगानीकर्ताले गुमाए ।

बिहीबार वलेफी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढ्यो ।

सामलिङ पावर, रिभर फल्स, विन्ध्यवासिनी, घलेम्दी हाइड्रोलगायतको मूल्य बढेको छ । यस दिन युनाइटेड आईडीआई मार्दीको मूल्य सबैभन्दा धेरै ९.५२ प्रतिशतले घट्यो ।


सम्बन्धित खबरहरु