आज:  | Thu, 11, Aug, 2022

अस्ट्रेलियासँगको दोस्रो टेस्टमा श्रीलङ्का एक इनिङ्स र ३९ रनले विजयी, जयसूर्याले लिए १२ विकेट

दिशा निर्देश २७ असार २०७९, सोमबार १८:११ मा प्रकाशित (१ महिना अघि)

काठमाण्डौ – अस्ट्रेलियासँगको दोस्रो टेस्ट क्रिकेटमा श्रीलङ्का एक इनिङ्स र ३९ रनले विजयी भएको छ ।

पहिलो पारीमा एक सय ८१ रनले पछि परेको अस्ट्रेलिया दोस्रो दिनको खाना समयपछि एक सय ५१ रनमा अलआउट भएपछि घरेलु टोली श्रीलङ्का १ इनिङ्स र ३९ रनले विजयी भयो ।

अस्ट्रेलियाका लागि मार्नुस लाबुशेनले सर्वाधिक ३२ रन बनाए । बलिङतर्फ श्रीलङ्काका प्रवाथ जयसूर्याले ६ विकेट लिए । उनले पहिलो पारीमा पनि ६ विकेट लिएका थिए । यस्तै पहिलो पारीमा श्रीलङ्काका दिनेश चन्डीमालले दोहोरो शतक बनाए । उनी दुई सय ६ रनमा नटआउट रहे ।

जितसँगै दुई खेलको शृङ्खला एक–एकको बराबरीमा सकिएको छ । पहिलो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो ।


सम्बन्धित खबरहरु