आज:  | Thu, 11, Aug, 2022

पर्यटनमन्त्री आलेले बुझाए राजीनामा

दिशा निर्देश १२ असार २०७९, आईतवार १३:४७ मा प्रकाशित (१ महिना अघि)

काठमाडौं – नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन ।

आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बतायो ।

‘राजीनामा पत्र अध्यक्षलाई बुझाइसकेका छौं,’ उक्त स्रोतले भन्यो, ‘अध्यक्षले प्रधानमन्त्रीसँग सल्लाह गरेर अगाडि बढाउनुहुन्छ।’

मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी समेत गरेका छन् ।


सम्बन्धित खबरहरु