आज:  | Thu, 11, Aug, 2022

‘लागू औषध दुर्व्यसनबाट बच्न प्राथमिक तहबाटै विद्यार्थीहरुलाई सचेत गराउनु पर्छ’

दिशा निर्देश ११ असार २०७९, शनिबार १४:४२ मा प्रकाशित (१ महिना अघि)

वीरगञ्ज – लागूऔषध दुर्व्यसन र यसको असरका बारेमा प्राथमिक तहबाटै विद्यार्थीहरुलाई आवश्यक प्रशिक्षण गराउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

वीरगञ्जको भगवती टोलमा रहेको मुन लाईट माद्यमिक विद्यालयमा शनिबार आयोजित कार्यक्रममा सहभागिहरुले लागूऔषधको प्रयोग र यसका असरका सम्बन्धमा सानै देखि सचेत गराउन सके मात्रै दुर्व्यसनबाट जोगाउन सकिने धारणा व्यक्त गरे ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हाल टोलको सहकार्यमा आयोजित ‘लागूऔषध दुर्व्यसन र यसको असर’ सम्बन्धी कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले प्रशिक्षण दिएका थिए ।

किशोरावस्थाका बालबालिका बढी मात्रामा यस्को दुर्व्यसनमा फस्ने गरेको भन्दै उनले लागुऔषधबाट टाडै रहन विद्यार्थीहरुलाई आग्रह गरे । कसैको लहलहैमा प्रयोग गर्न नहुने भन्दै उनले आफ्नो भविष्य उज्ज्वल बनाउन पढाइमा ध्यान केन्द्रित गरेर अघि बढ्न विद्यार्थीहरुलाई सुझाव दिए ।

साथै लागुपदार्थ र यसको असरका बारेमा हरेक विद्यालयमा कार्यक्रम गरेर विद्यार्थीहरुलाई सचेत बनाउन अभियान अघि बढाउनु पर्नेमा पनि उनको जोड थियो ।

कार्यक्रममा मुनलाईट माद्यमिक विद्यालयका प्रधानाध्यापक श्याम केसी, सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हाल टोलका अध्यक्ष रमेश चौधरी लगायतले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।


सम्बन्धित खबरहरु