आज:  | Thu, 11, Aug, 2022

निजी विद्यालयको मनोमानीको विरोधमा वीरगञ्जका अभिभावक

दिशा निर्देश ११ असार २०७९, शनिबार १३:०१ मा प्रकाशित (१ महिना अघि)

वीरगञ्ज – निजी विद्यालयले विभिन्न शीर्षकमा विद्यार्थीसँग मनोमानी शुल्क असुलेको भन्दै वीरगञ्जका अभिभावकहरुले विरोध जनाएका छन् ।

वर्षै पिच्छे किताब परिवर्तन गरेर अभिभावकलाई आर्थीक भार थोपर्नुका किताब किन्न पनि तोकिएको पसलबाट मात्रै लिनु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न यहाका अभिभावकहरुले माग गरेका छन् ।

अहिले निजी विद्यालयले विभिन्न शीर्षकमा उठाउँदै आएको फी ५० प्रतिशतले बृद्धि गरेको पनि अभिभावकको आरोप छ ।

काठमाण्डौ महानगरले महानगर क्षेत्रमा संचालित निजी विद्यालयको शुल्क निर्धारण गर्ने नीति लिनु सह्रानीय भएको भन्दै निजी विद्यालयको मनोमानी अन्त्य गर्न शुल्क निर्धारणको जिम्मेवारी वीरगञ्ज महानगरले लिदिनु पर्ने माग अभिभावकले अघि सारेका छन् ।

महानगरले नै जिम्मेवारी लिए निजी विद्यालयको मनोमानी अन्त्य हुने अभिभावकको विश्वास छ ।

अभिभावकहरुले वीरगञ्जमा संघर्ष समिति नै बनाएर निजी विद्यालयको मनोमानीका विरोधमा संघर्ष थाल्ने तयारी गरेका छन् ।

 


सम्बन्धित खबरहरु