आज:  | Sun, 26, Jun, 2022

बुल्गेरियामा ६ महिनामै ढल्यो सरकार

दिशा निर्देश ९ असार २०७९, बिहीबार १०:३२ मा प्रकाशित (३ दिन अघि)

काठमाण्डौ – बुल्गेरियामा किरिल पेटकोभ नेतृत्वको सरकार केवल ६ महिनामा ढलेको छ ।

प्रधानमन्त्री पेटकोभ नेतृत्वको सरकारको विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । पेटकोभले संसदमा आफ्नो सरकारको पक्षमा बहुमत सावित गर्न सकेनन् ।

संसदमा रहेका २४० जना सांसदमध्ये १२३ जना सांसदले सरकारको विरुद्ध मत दिए भने पेटकोभको पक्षमा केवल ११६ मत खस्यो ।


सम्बन्धित खबरहरु