आज:  | Sun, 26, Jun, 2022

वीरगञ्जका मेयर सिंह र भाजपा सांसद जयसवालबीच भेट

दिशा निर्देश ९ असार २०७९, बिहीबार १०:२० मा प्रकाशित (३ दिन अघि)

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाइ भारतको सत्तारुढ दल भारतीय जनता पार्टील(भाजपा) का बिहार प्रदेश अध्यक्ष डाक्टर सन्जय जयसवालले भेटघाट गरेका छन् ।

बिहारको बेतिया क्षेत्रका सांसद समेत रहेका जयसवालले बुधबार महानगरपालिकाको कार्यालयमै पुगेर मेयर सिंहलाइ सम्मानित गर्दै बधाइ दिनुका साथै सफल कार्यकालको शुभकामना पनि दिए ।

साथै बिहारका सांसद जयसवालले राेटी बेटीकाे सम्बन्धलाई अझ मजबुद बनाउने गरी काम गर्न आग्रह गर्नुका साथै आफ्नाे तर्फबाट गर्नपर्ने सहयाेग गर्न आफू सँधै तयार रहेकाे बताएका थिए ।

मेयर सिंहले पनि भाजपाका सांसद जयसवाललाइ रुद्राक्षको माला लगाएर स्वागत गर्दै धन्यवाद दिए । त्यस अवसरमा वरिष्ठ पत्रकार चन्द्रकिशोर, वीरगन्जका उद्योगपति अशोक बैद्य लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित खबरहरु