आज:  | Sun, 26, Jun, 2022

महिला टी-२० च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

दिशा निर्देश ४ असार २०७९, शनिबार १८:१० मा प्रकाशित (१ हफ्ता अघि)

काठमाण्डाै – एसीसी महिला टी-२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गरेको छ ।  नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो ।

शनिबार दोस्रो जित निकाल्ने क्रममा नेपालले १०८ रनको लक्ष्य पछ्याएको कुवेतलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८२ रनमात्र बनाउन दियो ।

कुवेतका लागि कप्तान अम्ना तारिक १४, मर्याम ओमर ५, जीफा जिलानी ६ र मरिम्मा हैदरले १४ रन बनाए ।  नेपालकी सीता रानामगरले २, अस्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले १-१ विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०७ रन बनाएको थियो । नेपालका लागि कप्तान रुविना क्षेत्री र उपकप्तान इन्दु बर्माले ६० रनको साझेदारी गरे । रुविनाले २७ बलमा ४ चौकासहित ३४ र इन्दु ३३ बलमा २ चौकासहित २८ रनमा अविजित रहिन् ।

त्यस्तै ओपनर विन्दु रावलले ११ र ज्योति पाण्डेले १५ रन जोडे । बलिङतर्फ कुवेतका लागि मरिम्मा हैदरले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । मर्याम ओमरले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । खदिजा खालिलले एक विकेट लिइन् ।


सम्बन्धित खबरहरु