आज:  | Sun, 26, Jun, 2022

बलात्कारको मुद्दाबाट मुक्त भए राेनाल्डाे

दिशा निर्देश २९ जेष्ठ २०७९, आईतवार १०:५० मा प्रकाशित (२ हफ्ता अघि)

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोमाथि अमेरिकी महिलाले लगाएको बलात्कारको मुद्दा खारेज भएको छ। अमेरिकी न्यायाधिस जेनिफर डोर्सीको इजालसले रोनाल्डोमाथि लगाइएको मुद्दा खारेज गरेको हो ।

अमेरिकी शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९ मा लस भेगासमा रोनाल्डोले आफुलाई बलात्कार गरेको आरोप लगाउँदै सन् २०१८ मा उनीविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् ।

तर, मायोर्गाको वकिलले चुहावट र चोरीको रेकर्डको भरमा मुद्दा दर्ता गरिएको भन्दै त्यसलाई खारेज गरिएको हो ।

रोनाल्डोले भने बलात्कारको आरोप नकार्दै आइरहेका थिए । यस्तै, बलात्कार मुद्दामा मायोर्गाले रोनाल्डोसँग छुट्टै सम्झौता गरेको र ती आरोप सार्वजनिक नगरिने शर्तमा करिब पौने चार लाख डलर लिएको रिपोर्टसमेत बाहिर आएको थियो ।


सम्बन्धित खबरहरु