आज:  | Sun, 26, Jun, 2022

नेसन्स लिगमा हंगेरी र जर्मनी बराबरीमा राेकिए

दिशा निर्देश २९ जेष्ठ २०७९, आईतवार ०७:३४ मा प्रकाशित (२ हफ्ता अघि)

काठमाण्डाै – युईएफए नेसन्स लिगमा जर्मनीले लगातार तेस्रो बराबरी खेलेको छ । लिग ए अन्तर्गत समूह सी को खेलमा जर्मनीले शनिबार हंगेरीसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

जोट नागेले खेलको छैटौं मिनेटमै गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए । तर जोनास होफम्यानले नवौँ मिनेटमा जर्मनीका लागि बराबरी गोल फर्काए ।

जर्मनीले यसअघि इटली र इङ्ग्ल्याण्डसँग पनि बराबरी खेलेको थियो ।

लगातार तीन बराबरीपछि ३ अंक जोडेको जर्मनी समूह तेस्रो स्थानमा छ । हंगेरी ४ अंङ्कसहित दोस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा इटली र इंग्ल्याण्डले गोलरहित बराबरी खेलेका छन् । दुवैको यो दोस्रो बराबरी हो भने इंग्ल्याण्ड अझै पहिलो जितको खोजीमा छ । एक जित र दुई बराबरीबाट ५ अंक जोडेर इटली समूहको शीर्ष स्थानमा छ ।

इंग्ल्याण्ड २ अंकसहित पुछारमा छ ।


सम्बन्धित खबरहरु