आज:  | Sun, 26, Jun, 2022

सवारी लाइसेन्सका लागि यस अघि दिइएका सबै आवेदन रद्द, साेमबार साँझदेखि नयाँ आवेदन भर्न मिल्ने

दिशा निर्देश १६ जेष्ठ २०७९, सोमबार १२:२५ मा प्रकाशित (३ हफ्ता अघि)

काठमाण्डाै – यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ ।

नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको जनाएकाे हो ।

विभागका अनुसार अब applydl.dotm.gov.np मा लगइन गरी नयाँ आवेदन भर्नुपर्नेछ ।

नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ बजेदेखि आवेदन खुला हुनेछ भने वर्ग थपका लागि अर्को साताको सोबारबाट आवेदन खुला हुने विभागले जनाएकाे छ ।

 


सम्बन्धित खबरहरु