नगरिकको दैनिकीसँग जोडिएका समस्या समाधान गर्दै अघि बढ्छु : नवनिर्वाचित मेयर सिंह
वीरगञ्ज
वीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित राजेशमान सिंहले आफूले नागरिकको दैनिकीसँग जोडिएका समस्या समाधान गर्दै नगर व्यवस्थित बनाउने गरी काम अघि बढाउने प्रतिबद्धता दोहो¥याएका छन् ।
मेयरमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उनले नागरिकको जनजीविकासँग जोडिएका मुद्धालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।
वीरगञ्ज फोहोर व्यवस्थापन, कर संकलन, शिक्षा, स्वास्थ्य लगायतका विषयमा सम्बन्धित विज्ञको सुझाव र आफूहरुको घोषणापत्र अनुसार काम गरिने पनि बताए ।
विजयी भएसँगै सञ्चारकर्मीसँग प्रतिकृया दिँदै उनले महानगरमा परिवर्तनको आभाष दिलाउने गरी काम गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।
महानगरका विपन्न, अल्पसंख्यक परिवारलाई न्यूनतम विद्युत शुल्क मिनाहा गर्ने लक्ष्य रहेको पनि उनले बताए ।
प्रमाणपत्र ग्रहण गरेसँगै मेयरमा निर्वाचित सिंहले घण्टाघरमा रहेको मधेसी सहिदको शालिकमा माल्यार्पण गरेका थिए ।
सिंह नेकपा एमालेका मेयरका उम्मेदवार एवं निवर्तमान मेयर विजय सरावगीलाई २२ हजार ५ सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् ।
मेयरमा विजयी सिंहले ४६ हजार २ सय १५ मत पाउँदा एमालेका सरावगीले भने २३ हजार १ सय ७१ मत पाएका छन् । यस्तै मेयरमा राप्रपाका उम्मेदवार गिरिश गिरीले भने ३ हजार ३ सय १३ मत पाएका छन् ।
यस्तै महानगरको उपमेयरमा पनि गठबन्धनकै साझा उम्मेद्वार इम्तियाज आलम विजयी भएका छन् । उनी नेपाली कांग्रेसबाट गठबन्धनको साझा उपमेयरको उम्मेद्वार बनेका थिए । उनले लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेद्वार पुरुषोत्तमलाल झालाई तेब्बरभन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।