वीरगन्ज ७ जेठ
पर्सा जिल्लामा कुल १४ वटा पालिका छन् । ती मध्ये शुक्रबार अपरान्ह सम्म १३ वटा पालिकाको मतगणना सकिसकेर अन्तिम नतिजा आइसेको छ । वीरगन्ज महानगरको भने आधा मात्रै मतगण्ना सकिएकाले महानगरको अन्तिम नतीजा आउन अझ केहि दिन लाग्नेछ ।
जिल्लाका १४ पालिका मध्ये १३ पालिकाको अन्तिम नतीजा आउदा दलगत रुपमा नेकपा एमालेले ५ , नेपाली काँग्रेसले ४ , जसपाले ३ र लोसपाले १ पालिका प्रमुख जितेको छ ।
अन्तिम नतिजा आएका १३ वटा पालिकाको प्रमुखमा छिपहरमाइ गाँउपालिका बाहेक बाँकी १२ वटा सबैमा नयाँ अनुहार चुनिएका छन् । छिपहरमाईमा भने पुरानै अनुहार मनोज गुपता पालिका अध्यक्षमा दोहोरिएका छन् ।
१४ वटै पालिकामा यसअघि निर्वाचित पालिका प्रमुखहरु उम्मेद्वार बने पनि निर्वाचनमा १ जना मात्रै दोहोरिन पुगे भने बाँकी सबै जनताबाट अनुमोदन हुन सकेनन् ।