बीरगन्ज ७ जेठ
वीरगञ्ज महानगरपालिकाको मतगणना कार्य अझै जरी छ । ३२ वटा वार्डमध्ये १९ वटा वार्डको परीणाम सार्वजनिक भएसकेको छ । बांकी १३ वटा वार्डको गणना कार्य क्रमैसँग हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको ।
अहिलेसम्म प्राप्त मत परिणाम अनुसार महानगरको मेयरमा जसपाका उम्मेद्वर राजेशमान सिंहले फराकिलो अग्रता कायमै राखेका छन् ।
निवर्तमान मेयरसमेत रहेका एमालेका उम्मेद्वार विजय सरावगीलाई १३२८२ मतको फराकिलो अन्तरले जसपका उम्मेद्वार सिंहले अग्रता बढाइरहेका छन् ।
५४५,११० मत गनिसक्दा सिंह २७,५१५ मतका साथ अग्रस्थानमा छन् भने एमालेका उम्मेद्वार सरावगी १४,२३३ मतमै सिमित छन् ।
सिंह काग्रेस सहित पाँच दलिय गठबन्धनका साझा उम्मेद्वार हुन् भने सरावगी एमाले लोसपा गठबन्धनका साझा उम्मेद्वार हुन् ।
यस्तै, उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले १९ हजार ४९ मत ल्याएका छन्। एमाले लोसपा गठबन्धनबाट उपमेयरका उम्मेदवार लोसपाका पुरुषोतम झाले ४ हजार २५१ मत ल्याएका छन्।
उपमेयरमा आलम झाभन्दा १४ हजार ७९८ मतले अगाडि छन्।
यसैगरी, राप्रपाबाट मेयरका उम्मेदवार गिरिश गिरीले १ हजर ८० मत प्राप्त गरेका छन् । उपमेयरमा बिना जैसवालले ३ हजार २ सय ५४ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा स्वतन्त्र उमेदवार रम्भा मिश्राले २ हजार ४ सय ८५ मत ल्याएकी छन्।