आज:  | Sun, 26, Jun, 2022

पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा ३२ वर्षीय युवा जसवन्त विजयी

दिशा निर्देश ६ जेष्ठ २०७९, शुक्रबार १६:२४ मा प्रकाशित (१ महिना अघि)

वीरगन्ज ६ जेठ
पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेद्वार जसवन्त यादब विजयी भएका छन् ।
३२ वर्षीय यादवले जसपका उम्मेद्वार निवर्तमान पालिक अध्यक्ष समेत रहेका प्रदीप जयसवललाई १८३१ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।
यादवले ६६४१ मत पाउँदा जसपाका जयसवालले भने ४८१० मत ल्याएका छन् ।

२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम र हालको जसपाले टिकट नदिएपछि स्वतन्त्र चुनाव लडेर चौथो स्थानमा सिमित हुन पुगेका यादव यसपाली भने एमाले प्रवेस गरेर अध्यक्षको उम्मेद्वर बनेका थिए ।
जसपाले नपत्याएपछि एमालेबाट टिकट लिएर चुनाबमा होमिएका यादबले जसपकै उम्मेद्वार जयसवललाई पराजित गरेका हुन् ।

सखुवाप्रसौनी गाँउपालिकाको उपाध्यक्षमा भने जसपाकी शर्मिला बिष्ट निर्वाचित भएकी छिन् । नेकपा एमालेकी उम्मेदवार एंव निवर्तमान उपाध्यक्ष फुलमति कुमारी थरुनीलाई २१२ मतान्तरले पछि पार्दै बिष्ट बिजयी भएकी हुन् ।
बिष्टले ४ हजार ४ सय ६८ मत ल्याएकी छिन् भने निवर्तमान उपाध्यक्ष थरुनीले ४ हजार २ सय ५६ मत पाएकी छिन् ।
पर्सामा यसअघि जीराभवानी गाँउपालिकाको अध्यक्षमा काँग्रेसका ३२ वर्षिय अनोज चौधरी र कालीकामाइ गाँउपालिका अध्यक्षमा जसपाका २१ वर्षिय बशीष्ट गुप्ता निर्वाचित भइसकेका छन् ।


सम्बन्धित खबरहरु