आज:  | Sun, 26, Jun, 2022

वीरगन्जमा राजेशमानको अग्रता कायमै, सरावगी ६३ सय मतले पछाडि

दिशा निर्देश ४ जेष्ठ २०७९, बुधबार ११:३१ मा प्रकाशित (१ महिना अघि)

मधेस प्रदेशको एक मात्र वीरगन्ज महानगरको मेयरमा सत्तागठबन्धनले एमालेसंग ६ हजार भन्दा बढिको अग्रता लिएको छ ।
बुधबार बिहान १०.३० सम्म २३२२९ मत गणना हुदा मेयरमा गठबन्धनका उम्मेदवारले एमालेका उम्मेदवार भन्दा ६ हजार ३ सय ६० बढि मत प्राप्त गरेका छन् ।
गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान सिंहले ११९९५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार विजय कुमार सरावगीले ५६३५ मत पाएका छन् । सिंहले सरावगीसंगको मतान्तर निरन्तर बढाउदै लगेका छन् ।
राप्रपाका उम्मेदवार गिरिश गिरीले भने ४५९ मत पाएका छन् ।
यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार इम्तियाज आलमले ८४२२ मतका साथ अग्रता कायम राखेका छन् ।
लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले भने १४०७ मत पाएका छन् । उपमेयरमै स्वतन्त्र उम्मेदवार रम्भा मिश्रा भने २०७ मतका साथ तेश्रो स्थानमा छिन् । स्वतन्त्र उपमेयर उम्मेदवार रम्भा मिश्राले ९७१ मत पाएकि छन् ।
३२ वटा वडा रहेको वीरगन्ज महानगरपालिकामा शुक्रबार भएको मतदानमा ७३ प्रतिशत अर्थात ९४ हजार ६ सय मत खसेको थियो ।


सम्बन्धित खबरहरु