आज:  | Sun, 26, Jun, 2022

पर्साकाे जिराभवानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका बिजयी

दिशा निर्देश ३ जेष्ठ २०७९, मंगलवार २२:२६ मा प्रकाशित (१ महिना अघि)

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका अनाेज चाैधरी र उपाध्यक्षमा कांग्रेस कै रेखा चाैधरी विजयी भएका छन ।

निर्वतमान गाउँपालिका अध्यक्ष समेत रहेका नेकपा एमालेका रामपृत महताेलाई हराउँदै अनाेज र निर्वतमान उपाध्यक्ष समेत रहेकी एमालेकी उषा देवी थरुइनीलाई हराउँदै रेखा विजयी भएका हुन् ।

गाउँपालिका अध्यक्षमा अनाेज ४ हजार ५६० मत ल्याएर विजयी भएका छन् । उनकाे निकटतम् प्रतिद्वन्दी एमालेका रामपृत ३ हजार २९९ मत प्राप्त गरेका छन् । अनाेज १ हजार २६१ मतान्तरले विजयी भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका विकाउ प्रसाद भण्डारी थारु १ हजार ६५ मत र नेकपा माओवादी केन्द्रका जयनारायण प्रसाद चाैधरी १०६५ मत पाएका छन् ।

उपाध्यक्षमा कांग्रेसकी रेखाले ४ हजार ७१० मत ल्याएर विजयी भएका छन् । उनकाे निकतम् प्रतिद्वन्दी एमालेकी थरुनी २ हजार ९६५ मत, जसपाकी बिन्दु देवी थरुनी १ हजार ४२८ मत, माओवादी केन्द्रकी उम्मेदवार ८१४ मत र नेकपा (एकीकृत समाजवादी) की सबरुन नेसा १२७ मत पाएका छन् ।


सम्बन्धित खबरहरु