आज:  | Sun, 26, Jun, 2022

बाराको करैयामाई गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

दिशा निर्देश ३ जेष्ठ २०७९, मंगलवार २०:४५ मा प्रकाशित (१ महिना अघि)

वीरगञ्ज – बाराको करैयामाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन्। जसपाका अध्यक्ष पदका उम्मेदवार शम्भुप्रसाद यादव २ हजार १९८ मतान्तरले विजयी भएका हुन्।
अध्यक्षमा निर्वाचित भएका यादवले ५ हजार ५९८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका भुनेश्वर धामीले ३ हजार ४ सय मत ल्याए। एमालेका कृष्णप्रसाद चौधरीले २ हजार १ सय ८८ मत प्राप्त गरे।

गाउँपालिका उपाध्यक्षमा पनि जनता समाजवादी पार्टीकी उम्मेदवार सुनैना कुमारी चौधरी आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा २ हजार २७६ मत बढी ल्याएर विजयी भइन्।
उपाध्यक्षमा निर्वाचित चौधरीले ५ हजार ४३९ मत ल्याइन् भने कांग्रेसकी उम्मेदवार चित्ररेखा कुमारी चौधरीले ३ हजार १७२ मत पाइन्। एमालेकी पार्वती कुमारी थरुनी २ हजार ३२१ मतका साथ तेस्रो स्थानमा रहिन्।

०७४ सालको निर्वाचनमा यस गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेसले जितेको थियो।
गाउँपालिकाका ८ वडामध्ये जसपाले वडा नम्बर १, ३, ६ र ८ गरी चार वटा वडामा वडाध्यक्ष जितेको छ। नेकपा एमालेले वडा नम्बर २ र ८ गरी दुई वटा वडाध्यक्ष तथा कांग्रेसले वडा नम्बर ५ र ७ को वडाध्यक्ष जितेको छ।


सम्बन्धित खबरहरु