आज:  | Fri, 13, Feb, 2026

कांग्रेस केन्द्रीय कार्यसमिति आज बैठक बस्दै

Avatar photo दिशा निर्देश १७ कार्तिक २०८२, आईतवार ०९:१६ मा प्रकाशित (३ महिना अघि)

वीरगञ्ज। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। यसअघि शुक्रबारका लागि बोलाइएको बैठक महाधिवेशन कार्यतालिकालाई लिएर संस्थापन पक्ष र इतर पक्षबीचको विवादका कारण स्थगित भएको थियो।

आजको बैठकमा १५औँ महाधिवेशनको मिति, आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी लगायतका महत्वपूर्ण विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।

कांग्रेसमा महाधिवेशनको मितिबारे आन्तरिक मतभेद देखिएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले आगामी मङ्सिरमै नियमित महाधिवेशन गर्नुपर्ने वा त्यसो हुन नसकेमा विशेष महाधिवेशनमा जानुपर्ने माग गर्दै आएका छन्। तर कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको संस्थापन पक्ष भने आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि मात्र महाधिवेशन गर्ने अडानमा छ।

गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पटक–पटक स्थगित हुँदै आज फेरि बस्न लागेको हो।


सम्बन्धित खबरहरु