वीरगञ्ज । वीरगञ्जको त्रिमुर्ती चौकमा कुश्वाहा मोटर्स संचालनमा आएको छ । सञ्चालक बलीराम प्रसाद कुश्वाहाका अनुसार, विगत १२ वर्षदेखि अटो र ईरिक्शा जस्ता ३–चक्के सवारी साधनको बिक्री गर्दै आएका उनी अब स्कुटरको पनि बिक्रीमा लागेका हुन् ।
विशेषगरी, जापानी ब्रान्डका विद्युतीय स्कुटर पहिलो पटक वीरगञ्जमा भित्र्याइएको उनले बताए । स्कुटरको प्रमुख विशेषताहरुमा ७२ भोल्ट, ४५ एम्पिएरको लिथियम ब्याट्री, २ हजार वाटको मोटर, १२ इन्च टायर, नामिनल क्यापासिटी २ हजार वाट र पिक क्यापासिटी ३ हजार वाट रहेका छन् । उपलब्ध तीन मोडल TM 008, TM 007, V7G प्रत्येक स्कुटर एक पटक चार्जमा १२०–१५० किलोमीटरसम्म यात्रा गर्न सक्छन् ।
चार्जिङ सुविधा पनि अत्यन्तै किफायती छ । ०–८० प्रतिशत चार्ज २.५ घण्टामा पूरा हुन्छ भने पूर्ण चार्जमा केवल २५ रुपैयाँ मात्र लाग्नेछ । मूल्य दायरामा, स्कुटरहरू १ लाख ८० हजारदेखि १ लाख ९५ हजारसम्म उपलब्ध छन् ।
शोरुमको उद्घाटन कार्यक्रममा जिल्ला बचत संघ पर्साका उपाध्यक्ष एवम् जय लक्ष्मी साकोषका अध्यक्ष नगनारायण सिंह, वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का वडाअध्यक्ष रामकिशोर सिंह पराग, सञ्चालक बलिरामका पिता ध्रुप कुश्वाहा, श्रीराम कुश्वाहा लगायतको उपस्थिती रहेको थियो ।
सञ्चालक बलिराम प्रसाद कुश्वाहा अनुसार, दिपावली र छठको अवसरमा शोरुममा विशेष छुटको व्यवस्था गरिएको छ । साथै, वातावरण मैत्री र विद्युतीय सवारी साधनको बढ्दो मागका कारण स्कुटरको बिक्रीमा ध्यान दिइएको उनको भनाई छ ।
