आज:  | Fri, 13, Feb, 2026

कोशी, मधेश र बागमती प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्क रहन मौसम विभागको आग्रह

Avatar photo दिशा निर्देश १८ आश्विन २०८२, शनिबार १०:४३ मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज । हाल मधेश प्रदेश र बागमती प्रदेशका अधिकांश स्थानहरूमा तथा कोशी प्रदेशका धेरै क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार वर्षा गराउने मौसमी प्रणाली पूर्व–उत्तरपूर्वतर्फ सरिरहेको हुँदा ती क्षेत्रमा थप वर्षा हुने सम्भावना छ।

त्यसैले विशेष सतर्कता अपनाउन र पछिल्लो मौसमी सूचनाबारे निरन्तर जानकारी लिन आग्रह गरिएको छ।
महाशाखाले आगामी केही घण्टा विशेष गरी कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश बढी प्रभावित हुने चेतावनीसमेत दिएको छ।


सम्बन्धित खबरहरु